प्रचण्ड-माधव समुहको संसदीय दलको नेतामा फेरी 'प्रचण्ड' चयन
काठमाडौं । प्रचण्ड-माधव समुहले संसदीय दल औपचारिक रुपमा विभाजन गरेको छ ।
शुक्रवार बसेको सो दलको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई दोस्रो पटक संसदयीय दलको नेतामा चयन गरेसँगै दल विभाजनले औपचारिकता पाएको हो । प्रचण्डको नाम माधव नेपालले प्रस्ताव गरेका थिए भने पम्फा भुसालले समर्थन गरेकी थिइन् ।
यसअघि पुस ८ गते पनि प्रचण्ड संसदीय दलको नेतामा चयन भएका थिए । तर, सर्वोच्च अदालतको फैसलाले पुस ५ पछिका सबै कार्यलाई शून्यअवधि मानेकाले वैधानिकताका लागि पुनः दलको नेता चयन गरिएको सांसद झपट रावलले बताए ।
प्रचण्ड-माधव समुहले दलको नेताबाट केपी ओली र उपनेता सुवास नेम्वाङ तथा सचेतक शान्ता चौधरीलगायतमाथि गरेको कारवाहीलाई अनुमोदन गरेको उनले जानकारी दिए ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस