• बिहीबार १-२७-२०८१/Thursday 05-09-2024
राजनीति

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबीच तीन बुँदे शान्ति सम्झौतामा हस्ताक्षर भएको छ ।

 

आज अपरान्ह राष्ट्रियसभामा आयोजित समारोहमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले शान्ति सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

 

शान्ति सम्झौताका लागि लामो गृहकार्य भएको जानकारी वार्ता टोलीका सदस्य प्रधानमन्त्री ओलीका परराष्ट्र मामला सल्लाहकार डा. राजन भट्टराईले जानकारी गराए  ।

 

सरकार संगको वार्ता पछि विप्लवको पहिलो पटक नवलपुर देवचुलीबाट तस्विर सार्वजनिक भएको  हो । सरकारले बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार