थप ९४ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७१ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार १३९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६६ जना पुगेको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस