स्वास्थ्यकर्मीपछि जेष्ठ नागरिकलाई कोरोनाको खोप उपलब्ध गराउन जेष्ठ नागरिक महासंघको माग
काठमाडौं । जेष्ठ नागरिकहरूले आफ्नो सीप, ज्ञान र अनुभवलाई राज्यले उपयोग गर्न नसकेको गुनासो गरेका छन् ।
काठमाडौंमा शनिबार भएको जेष्ठ नागरिक आवाज सामाजिक– मौलिक इतिहास नामक पुस्तकको विमोचन समारोहमा सहभागीहरुले जेष्ठ नागरिकको सीप र अनुभव राज्यले उपयोग गर्न नसकेको टिप्पणी गरेका छन ।
जेष्ठ नागरिक महासंघका अध्यक्ष मदनदास श्रेष्ठले कोरोना महामारीबाट नेपालमा पनि जेष्ठ नागरिकहरू सबैभन्दा बढी प्रभावित भएको भन्दै खोपको उपलब्धतामा स्वास्थ्यकर्मीपछि जेष्ठ नागरिकलाई प्राथमिकता दिनुपर्ने माग राखेका छन ।
समारोहमा संस्कृतिविद् डा. रमेश ढुंगेलले नेपालको संस्कृति, सामाजिक, आर्थिक लगायतको परिवेश बुझ्न ज्येष्ठ नागरिक आवाज पुस्तक दस्तावेजको रूपमा रहेको बताए ।
सङ्खुवासभा जिल्ला पाठकधारा टोल विकास संस्थाले प्रकाशन गरेको ज्येष्ठ नागरिक आवाज पुस्तकमा एक सय जना जेष्ठ नागरिकका १ सय वटा इतिहास र अनुभव समेटिएको छ ।
प्रतिकृया दिनुहोस