• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
स्वास्थ्य

थप ३ सय २ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु 

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ सय २ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको छ। 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  पीसीआर गरिएका तीन हजार ५४५ मध्ये ३०२ जनाको नतिजा पोजेटिभ आएको हो ।

 

त्यस्तै आज थप ४ सय ८० जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको छ ।

 

हाल देशभर ३ हजार ६ सय १४ सक्रिय संक्रमित रहेका छन् । गत २४ घन्टामा ३ हजार ५ सय ४५ पीसीआर परीक्षण भएको छ ।

 

यस्तै नेपालमा पछिल्लो चौबीस घण्टामा मुलुकभर कोरोना संक्रमणका कारण सातजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ९८६ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार