• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
स्वास्थ्य

थप पाँच कोरोना संक्रमित मृत्यु, मृत्यु हुनेको संख्या एक हजार नौ सय ४८

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै तीन हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ७० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

 

यो सँगै कुल संक्रमितको संख्या दुई लाख ६६ हजार आठ सय १६ पुगेको छ ।  चार हजार तीन सय एक जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये एक सय ६५ जनाको आईसीयू र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

 

यस्तै बितेको २४ घण्टामा तीन सय ९० जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई लाख ६० हजार पाँच सय ६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

पछिल्लो २४ घण्टामा पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार नौ सय ४८ पुगेको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार