• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

कालिकोटकी नन्दासँग लगनगाँठो कस्दै रमेश प्रसाई

काठमाडौं । पब्लिक स्पिकर सिजन–२’का विजेता रमेश प्रसाई विवाह बन्धनमा बाँधिने भएका छन् । रमेश कालिकोटकी समाजसेवी नन्दा सिंहसँग लगनगाँठो बाँधिन लागेका हुन ।

 

दृष्टिविहीन रमेश ताप्लेजुङ निवासी हुन। दुई महिना अगाडि इन्द्रेणी नामक कार्यक्रममा रमेश र कल्पना दाहालबीच चलेको रमाइलो दोहोरीले पनि निकै चर्चा पाएको थियो। दोहोरी गाएपछि रमेश र कल्पनाको नाम पनि जोडिएको थियो ।  

 

पछिल्लो पटक रमेशले गाएको ‘रिंकेबुङको राँगो’ बोलको गीतले चर्चा पाइरहेको छ। समाज सेवामा आबद्ध सिंह र गायक प्रसाईँ ३ बर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ। धरानस्थित सामान्य कार्यक्रमकाबीच बिवाह हुन लागेको सिंहले बताएकी छिन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार