• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
पत्रपत्रिका

प्याराग्लाइडिङमा उड्दाउड्दै फूल टिप्ने पाइलटलाई कारवाही हुने

काठमाडौं । आफूसँगै उडेका यात्रुलाई खुसी पार्न, मनोरन्जन गराउन र साहसिक अनुभव दिलाउन उड्दाउड्दै फूल र पात टिप्ने तथा तालको पानी छुवाउने प्याराग्लाइडिङका पाइलटलाई कारवाही हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले साहसिक गतिविधिका नाममा उडान जोखिममा पारेको भन्दै ती पाइलटलाई कारवाही गर्न निर्देशन दिएको हो।

 

प्राधिकरणले कार्बाही गर्नुपर्ने पाइलटको विवरण प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाइ खेलकुद संस्था (एनएए) लाई उपलब्ध गराएको एनएएका अध्यक्ष कृष्ण भण्डारीले बताए। भण्डारीका अनुसार ती पाइलटले गरेको गल्तीको भिडियो समेत प्राधिकरणले एनएएलाई उपलब्ध गराएको छ। ‘प्राधिकरणले गल्ती गरेका अरु पाइलटको भिडियो पनि खोजि गरिरहेको छ। केही पाइलटको भिडियो हामीलाई नै उपलब्ध गराएको छ। त्यही भिडियोको आधारमा ती पाइलटलाई कार्बाही हुनेछ,’ भण्डारीले भने, ‘कतिपयले त भिडियो नै हटाएको आशंका पनि गरिएको छ।’

 

‘प्राधिकरणले गल्ती गरेका ५–६ जना पाइलटको भिडियोसहितको प्रमाण नै हामीलाई उपलब्ध गराएको छ,’ उनले भने, ‘पाइलटको नामै किटेर गल्ती गरेको भिडियो नै प्रमाणसहित पठाएपछि कारवाही गर्नुपर्ने अवस्था छ।’ भण्डारीका अनुसार कारवाहीमा पर्न लागेका ती पाइलटले टेण्डम ९यात्रु सहित० उडानका क्रममा गर्नै नहुने खालका गतिविधि गरेका थिए। ती गतिविधि प्याराग्लाइडिङ उडानका लागि अक्षम्य हुने उनले बताए। गल्ती गरेका ती पाइलटलाई कार्बाही नगर्ने हो भने आगामि दिनमा अझै मनपरि बढ्न गइ दुर्घटना थपिने उनको भनाइ छ।

 

भण्डारीका अनुसार प्याराग्लाइडिङ उडानका क्रममा अतिरिक्त क्रियाकलाप गरेकोले ती पाइलटलाई कार्बाही गरिँदा उनीहरुको लाइसेन्स नै केही समयका लागि निलम्बन हुन सक्नेछ भने उनीहरुलाई जरिवाना पनि गरिनेछ। कारवाहीको दायरामा पर्ने पाइलटहरुले उडानको क्रममा फूल र रुखको पात टिप्ने, तालको पानी छुवाउने खालका गतिविधि गरेका थिए। कतिपयले ती गतिविधिको भिडियो यूट्युब र टिकटकमा पनि अपलोड गरेका थिए।  

 

‘यात्रुले टिकटक बनाउनु र भिडियो अपलोड गर्नु गल्ती होइन। किनभने पाइलटले क्यामेराले खिचिदिएको भिडियोमा गीतसंगीत जोडेर यात्रुले प्रयोग गर्न सक्छन्। त्यहाँ पाइटलको गल्ती हँुँदैन,’ भण्डारीले भने, ‘तर, यात्रुसहितको उडानमा पाइलटले नै पात र फूल टिप्ने तथा तालको पानी छुवाउने काम भने गलत हो। कसैले पनि गलत काम गर्न पाउँदैन।’ यतिबेला सामाजिक सञ्जालमा पोखराको आकाशमा प्याराग्लाइडिङ उडान गरिरहेका पाइइलटले फूल र पात टिपेको भिडियो भाइरल भइरहेका छन्। अघिल्ला साता त्यसैगरि फूल र पात टिप्न खोज्दा भएको दुर्घटनामा एकजना पाइलटले ज्यानै गुमाएका थिए। त्यसपछि बल्ल जथाभावि गर्ने पाइलटलाई कार्बाही गर्न प्राधिकरणले एनएएलाई भनेको थियो। नागरिक  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार