• सोमबार १-२४-२०८१/Monday 05-06-2024
राजनीति

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

 

प्रमुख सचेतक बनाएका सिता नेपालीले शुक्रबार बिहान ११ बजे डाकेको संसदीय दलको बैठकमा मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्तावको विपक्षमा १९ जना सांसद उभिएको बैठकमा सहभागी नेकपा प्रदेशसभा सदस्य चन्द्रबहादुर शाहीले जानकारी दिए ।

 

गत असोज २५ गते पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र पूर्वमाओवादी केन्द्र समूहका सांसदहरूले पनि अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । २७ गते नेपाल समूह अविश्वासको प्रस्तावबाट फिर्ता भएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार