• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
मनोरञ्जन

मह जोडीको अभिनय बेजोड

काठमाडौं । किरण केसीले कलाकारितामा चार दशक पूरा गरिसकेका छन् । चार दशक लामो यस कलाकारिता यात्रामा उनले सय भन्दा बढी सिनेमामा अभिनय गरेका छन् । धेरैजसो सफल चलचित्रमा काम गर्ने भाग्यमानी कलाकारको रुपमा पर्छन् उनी । उनले  ६ सय भाग जति टेलिसिरियलमा काम गरेका छन् । चलचित्रभन्दा पनि उनलाई टेलिसिरियल ‘जिरे खुर्सानी’ले ‘राता मकै’को रुपमा बढी चर्चित बनायो ।

 

राता मकैका नामले परिचित भएका किरण केसीलाई त्यो भन्दा अगाडि मह जोडीको हाँस्यव्यङग्य सिरियल ‘१५ गते’ बाट पनि राम्रो सफलता मिलेको थियो । यो सिरियलपछि दर्शकले उनलाई कल्लुको नामले चिन्ने गर्थे । उनलाई राता मकैको रुपमा दर्शकले यती रुचाए कि सार्वजनिक यातायातका चालक र सहचालकले इमाडोलमा उनको घर भएको चोकलाई राता मकै चोकको रुपमा नामाकरण गरिदिए । हास्य कलाकार किरण केसी (राता मकै) लाई मन पर्ने यी पाँच चलचित्र :

 

त तँ साह्रै बिग्रिस नी बद्रि 

 

सय प्रतिशत शुद्ध नेपाली कथा मिसिएको चलचित्र हो । चलचित्रको कथा पनि एकदमै नौलो छ । हरिवंश आर्चायको अभिनय एकदमै राम्रो छ । समग्रमा भन्दा चलचित्रको सबै कुराहरुले मेरो मन छोयो । 


बलिदान  

 

चलचित्रको संवाद एकदमै घतलाग्दो छ । मदनकृष्ण श्रेष्ठ, हरिवंश आर्चाय, नीर शाहको अभिनयले चलचित्रलाई बेजोड बनाएको छ । यसमा मैले पनि अभिनय गरेको छु । चलचित्र क्रान्तिकारी बिचारको धारमा बनेको छ । राजनीति कुराहरु बुझने र मन पराउनेलाई चलचित्र राम्रो लाग्न सक्छ । 


छक्कापञ्जा 

 

यसको कथा, कलाकाहरुको अभिनय र गीतसंगीत एकदमै मन पर्यो । चलचित्रको संवाद राम्रो छ । हास्यप्रदान भएपनि चलचित्रको कथाबाट धेरै कुराहरु सिक्न सकिन्छ । 


मेरी आमा

 

चलचित्रको कथा सरल छ । कलाकारहरुको अभिनय पनि उत्कृष्ट छ । चलचित्रमा धेरै समसामायिक कुराहरु मिसिएको छ । निर्देशकीय पक्ष पनि एकदमै राम्रो लाग्यो । 


दाल भात तरकारी 

 

चलचित्रले खासै राम्रो व्यापार गर्न नसके पनि यसको निर्देशकीय पक्ष राम्रो थियो । कथा छानौट पनि राम्रो हो । गीतसंगीतले चलचित्रलाई केही माथी पक्कै पुर्‍याएको थियो । 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार