• आइतबार ८-१३-२०८३/Sunday 11-29-2026
देश/प्रदेश

बालबालिकाको अधिकार सुनिश्चित गर्न एकीकृत प्रयास आवश्यक

ललितपुर ।  बालबालिकाको अधिकार सुनिश्चित गर्दै उनीहरूलाई सुरक्षित बाल्यकाल, गुणस्तरीय शिक्षा, सम्मानजनक जीवन प्रदान गर्नु सबैको साझा दायित्व भएको कार्यक्रमका सहभागीले बताएका छन ।

 


कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले  बालविवाह गर्नु भनेको बालबालिकाको शिक्षा, स्वास्थ्य, स्वतन्त्रता, व्यक्तित्व विकास र भविष्यमा प्रत्यक्ष असर पुग्नु भएको बताए ।

 

 

 कार्यक्रममा बागमती प्रदेश सञ्चार रजिस्ट्रार रेवतीप्रसाद सापकोटाले बालविवाह अन्त्यका लागि सञ्चारमाध्यमले जनचेतना अभिवृद्धि  गर्दैै  सरकार, घरपरिवार, समुदाय, विद्यालय  र सरोकारवाला सबैको एकीकृत प्रयास आवश्य  रहेको बताए ।

 

 

कार्यक्रममा जस्ट राइट फर चिल्ड्रेनका कार्यक्रम व्यवस्थापक विष्णुबहादुर थापाले  विश्वभर प्रत्येक वर्ष करिब १ करोड २० लाख बालिका १८ वर्ष नपुग्दै विवाह गर्न बाध्य हुने गरेको जानकारी दिए । 

 

 

 बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ ले बालबालिकाको विवाह तय गर्ने, बालबालिकासँग विवाह गर्ने वा गराउने कार्यलाई बालबालिकाविरुद्धको हिंसा मानेको छ। यस्तो कसुरमा ७५ हजार रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ।

 

 

बालविवाह, कम उमेरमा तथा जबरजस्ती गरिने विवाह उन्मूलनका लागि पहिलो अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुक्रबार बागमती प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालयले भ्वाइस अफ चिल्ड्रेन र जस्ट राइट फर चिल्ड्रेनसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रम कृति भट्टराईले संचालन गरेकी थिइन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार