• शुक्रबार ८-११-२०८३/Friday 11-27-2026
देश/प्रदेश

भोटेकोशी बाढी : बेपत्ता ३ हजार ९ सय १५ व्यक्तिलाई मृत्युको घोषणा गर्न सिफारिस

काठमाडौं ।विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले रसुवा-भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९ सय १५ व्यक्तिलाई मृत्युको घोषणा गर्न नेपाल सरकार समक्ष सिफारिस गरेको छ। 


गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा आज सम्पन्न समितिको ३८‍औं बैठकले ४८ जिल्लाबाट यकीन भई आएका ३ हजार ९ सय १५ स्वदेशी तथा सातवटा विदेशी नियोगबाट यकिन भई आएका ६ सय २३ जना विदेशी गरी कुल ३ हजार ९ सय १५ जनालाई मृत्युको घोषणा गर्न नेपाल सरकार समक्ष सिफारिस गरेको हो।

 

विपद् सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ को दफा २ को उपदफा (३) मा विपद्‌‌मा परी बेपत्ता व्यक्तिलाई नेपाल सरकारले मृत्यु घोषणा गर्न सक्ने प्रावधान छ।


 
यसअघि, स्वदेशी व्यक्तिका हकमा सम्बन्धित स्थानीय तहबाट भएको सिफारिसका आधारमा सम्बन्धित जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयसहित तथा विदेशी नागरिकको हकमा सम्बन्धित मुलुकको नेपालस्थित नियोग वा नेपाल हेर्ने गरी तोकिएको नियोगबाट प्राप्त सूची उपर दाबी पेश गर्न प्राधिकरणले दुई चरणमा सात दिने सूचना प्रकाशन गरेको थियो।

 

त्यसैगरी, बैठकले सबैका लागि पूर्वसूचना (Early Warning for All) राष्ट्रिय मार्गचित्र २०८३-२०८७  लाई स्वीकृत गरेको छ। मार्गचित्रले वि.सं. २०८७ सम्ममा नेपालका सबै समुदायलाई प्रकोप पूर्वसूचना उपलब्ध गराउन  बहुप्रकोप पूर्वसूचना प्रणालीको प्रभावकारी विस्तार, स्तरोन्नति र सञ्चालन गर्ने लक्ष्य लिएको छ। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार