• बिहीबार ६-२२-२०८३/Thursday 10-08-2026
देश/प्रदेश

टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा

काठमाडौं । यस वर्षको बडादसैँमा विजया दशमीको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १० बजेर २६ मिनेटमा रहेको छ।

 

नेपाल पञ्चांग निर्णायक विकास समितिले सार्वजनिक गरेको दशैंको साइतअनुसार विजया दशमीका दिन बिहान ८:४९ बजे देवी विसर्जन गरी बिहान १०:२६ बजे टीका लगाउन उत्तम हुने जनाइएको छ।

 

समितिका अनुसार टीका लगाउँदा टीका लगाइमाग्ने व्यक्ति पश्चिम दिशातर्फ फर्किनुपर्नेछ। यस वर्ष असोज २५ गते आइतबार नवरात्रारम्भ तथा घटस्थापना परेको छ। घटस्थापनाको शुभसाइत बिहान ११:४७ बजे निर्धारण गरिएको छ।

 

चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापनाअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ। असोज २६ गते सोमबार बिहान १०:०७ बजे झण्डा फेर्ने शुभसाइत छ। झण्डा फेर्दा पश्चिम मोहडा गर्नुपर्ने जनाइएको छ। असोज २९ गते बिहीबार श्रीपचली भैरव यात्रा परेको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार