• मंगलबार ६-२०-२०८३/Tuesday 10-06-2026
राजनीति

बदलिएको कांग्रेसले देश पनि बदल्न सक्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि बदल्न सक्छ भन्ने विश्वासका साथ १५औँ महाधिवेशनबाट नयाँ ऊर्जा र संकल्प लिएर बाहिरिनुपर्ने बताएका छन्। कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले महाधिवेशनलाई नेतृत्व चयनको प्रक्रियामा मात्रै सीमित नगरी पार्टीको विगत, वर्तमान र आगामी बाटोबारे गम्भीर समीक्षा गर्ने अवसरका रूपमा लिनुपर्ने बताए। कांग्रेसले आफूलाई बदल्दै जनताको अपेक्षा र मुलुकको आवश्यकताअनुसार अघि बढ्नुपर्ने उनको भनाइ थियो।

 

‘बदलिएको कांग्रेसले यो देश पनि बदल्छ भन्ने विश्वास लिएर यो महाधिवेशनबाट जानुपर्ने छ। यो सफल पारेर ऊर्जा लिएर जानुपर्ने छ,’ थापाले भने। उनले देशको पछिल्लो अवस्थालाई हेर्दा उत्सवका रूपमा मात्रै महाधिवेशन गर्न आफूहरूलाई सहज नभएको बताए। रसुवामा आएको बाढीपहिरोका कारण हजारौँ नागरिकले ज्यान गुमाएको र धेरै परिवार पीडामा रहेको स्मरण गर्दै थापाले यस्तो अवस्थामा महाधिवेशन गर्न आफूलाई मन नभएको बताए।

 

‘रसुवाको बाढीले हजारौँ नागरिक हामीमाझ हुनुहुन्न। यो महाधिवेशन गर्न मन थिएन। तर संविधान र कानुनको परिधिका कारण बाध्य भयौँ,’ उनले भने। थापाले कांग्रेसले पछिल्लो राजनीतिक घटनाक्रमलाई गम्भीर रूपमा आत्मसमीक्षा गर्नुपर्ने बताए। लामो समयदेखि एउटै नेतृत्व, एउटै पद र सत्ताको वरिपरि घुमिरहेको राजनीतिले जनतामा सबै दल र नेता उस्तै हुन् भन्ने धारणा बन्न पुगेको उनको भनाइ थियो। उनले राजनीतिलाई ‘म्युजिकल चियर’ जस्तो बनाइएको बताए। प्रधानमन्त्री बन्ने, फेरि प्रधानमन्त्री बन्ने, मन्त्री बन्ने र फेरि त्यही पदमा दोहोरिने प्रवृत्तिले राजनीतिक नेतृत्वप्रति जनताको विश्वास कमजोर बनाएको उनको भनाइ थियो। म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो, जसले भदौ २३ र २४ आयो,’ उनले भने।

 

थापाले सामाजिक सञ्जालदेखि समाजका विभिन्न तहसम्म अत्यधिक राजनीतीकरण भएको बताए। फेसबुक, ट्वीटरलगायतका माध्यमदेखि दैनिक जीवनका विषयसम्म राजनीतिक आँखाबाट हेर्ने अवस्था बनेको भन्दै उनले त्यसले समाजमा असन्तुष्टि र ध्रुवीकरण बढाएको बताए। उनले भदौ २३ र २४ को घटनालाई त्यसैको परिणामका रूपमा व्याख्या गरे। त्यसपछि कांग्रेसले आफूलाई सम्हाल्न र सच्याउन विशेष महाधिवेशन गरेको तथा त्यसपछि भएको निर्वाचनमा जनताको फैसला स्वीकार गर्नुपरेको उनले बताए। कांग्रेसले विगतमा धेरै निर्वाचन जितेको र धेरै निर्वाचन हारेको उल्लेख गर्दै उनले हारलाई निराशाको कारण बनाउन नहुने बताए। अहिलेको महाधिवेशनलाई पार्टीले नयाँ बाटो तय गर्ने अवसरका रूपमा लिनुपर्ने उनको भनाइ थियो।

 

थापाले कांग्रेसले विगतका राजनीतिक उपलब्धिको चर्चा गरेर मात्रै अबको चुनौती सामना गर्न नसक्ने बताए। मुलुकमा राजनीतिक परिवर्तन भए पनि त्यसअनुसार आर्थिक र सामाजिक परिवर्तन हुन नसकेको विषयमा कांग्रेसले गम्भीर समीक्षा गर्नुपर्ने उनको भनाइ थियो। उनले लामो समय मुलुकमा राजनीतिक संघर्ष र द्वन्द्व चले पनि जनताको जीवनमा अपेक्षित परिवर्तन आउन नसकेको बताए। ‘३५ वर्षदेखि युद्ध किन व्यहो¥यौँरु शान्ति प्रक्रियामा पनि यही भयो। यही ३५ वर्षभित्र सबै गाउँ रित्तियो। किन रोजगारी भएनरु युवा किन पलायन भयोरु’ उनले प्रश्न गरे।

 

उनले अब यस्ता प्रश्नको जवाफ खोजेर मात्रै कांग्रेस अघि बढ्नुपर्ने बताए। युवालाई देशमै रोजगारी र अवसर सिर्जना गर्ने, गाउँलाई उत्पादन र आर्थिक गतिविधिसँग जोड्ने तथा अर्थतन्त्रलाई गतिशील बनाउने विषयमा पार्टीले स्पष्ट नीति बनाउनुपर्ने उनको भनाइ थियो। डेमोक्रेसी र डेलिभरीको पुलको काम कांग्रेसले गर्छ,’ उनले भने, ‘पुल ढल्यो भने विश्वास ढल्छ।’ कांग्रेसले पुरानो पुस्ता र नयाँ पुस्ताबीच पनि पुलको काम गर्नुपर्ने थापाको भनाइ थियो। नयाँ पुस्ताको आकांक्षा र पुरानो पुस्ताको राजनीतिक अनुभवलाई जोडेर पार्टीलाई अघि बढाउनुपर्ने उनले बताए।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार