• मंगलबार ५-१६-२०८३/Tuesday 09-01-2026
विचार

नख्खु खोलामा आएको त्यो बाढी !

-देवी सापकोटा
०८१ सालमा काठमाडौं उपत्यकामा आएको बाढीमा परेर ३० बढीले ज्यान गुमाएका थिए । १५ जना घाइते भए भने १६ जना बाढीमा हराएकोे तथ्याकं छ । बाढीले नख्खु खोला आसपासका झण्डै ३ सय घर प्रभावित भएका थिए भने मेडि सीटि अस्पताल लगायत दर्जनौ घरहरुमा बाढी पसेको थियो । डुवान र बाढीले धेरै स्थानियको सातो लिएको थियो । अहिले पनि ठूलो पानी पर्न थाल्यो भने दानिया मल्लीक अतालिने गरेको सुनाउछिन । “म कक्षा ७ मा पढ्थे त्यतिवेला अहिले भन्दा सानै थिए । कपडा किताब कापी यहि छुट्यो । केहि सामान हतार हतार सुरक्षित स्थानमा लगियो ।”घर देखाउदैं उनले भनिन“ हामी बसेको घरमा भूइतलामा पूरै डुवाएको थियोे ।”यस अघि कहिल्यै पनि यती ठूलो बाढी नदेखेकी दानिया अहिले पनि लगातार पानी पर्न थाल्यो भने त्रसीत हुने गरेको सुनाउँछिन ।

 

अचानक आएको ठूलो बाढीले उद्दारमा समेत समस्या उत्पन्न भयो । घरको जस्तापाता माथी उद्दारको प्रतिक्षामा बसेकाहरु केहिको उद्दार भयो भने केहिलाई बाढीले नै बगाएर लग्यो । चणिकलाल तामाङ बसेको छाप्रोबाट नख्खु खोला २ मिनेटमा पुगिन्छ । अघिल्लो दिन देखि लगातार पानी परिरहेको थियो । पेसाले पेन्टर र थांका बनाउने उनी ठूलो पानी परेपछि त्यस दिन काममा निस्केनन् । सबैले खोला बढ्यो भन्दै हेर्न जान थालेपछि उनी पनि खोला हेर्न गए । खोलाको भयानक दृश्य अहिले पनि उनले बिर्सन सकेका छैन्न । त्यो दिन संझदै उनले भने “६ बर्षको बच्चाले बचाउँ भन्दै हात हल्लाएको किनाराबाट हेर्न सकिनआफै भेलमा पौंडिए । उनलाई र अर्को २८ बर्ष जतिका व्यक्तिलाई बग्दै गरेको भेलबाट बाहिर निकाले ।”

 

 

दुई बच्चाका बाबु उनी हरेक दिन मनमा डर बोकेरै काममा निस्कन्छन् । आखै अघि  बाढीले मान्छे बगाएको देखेका उनलाई आफ्नो बासस्थान पनि खोला नजिकै भएकाले डर लाग्ने गरेको सुनाउँछन । “मेरो पनि बालबच्चा सानै छन, लगातार पानी पर्ने थाल्यो भने कहाँ जाने के गर्न भन्ने अन्योलमा हुन्छौं ।” उपत्यका भित्र बाह्रै महिना पानी बग्ने झण्डै डेढ दर्जन खोलाहरु छन । ती साना ठूला खोलाहरुले बर्खाको समयमा आफ्नो रुप धारण गर्छन र खोलाको वास्तविक क्षेत्र खोज्छन । यहाँभित्र बग्ने अधिंकाश खोला किनारलाई सड्कमा रुपान्तरण गरिएको छ र खोलालाई साघुरो बनाउदै लगिएको छ । कतिपय खोलाका दुबै किनाराहुर्दै सडक बिस्तार गरिएको छ । सवारीको चापलाई हेरेर सडक संरचना बनाइयो तर नदीले ओगटेको बास्तविक क्षेत्रबारे भने बेवास्ता गरियो । यहि कारण समस्या हरेक बर्ष थपिने क्रममा छ । धोवीखोला देखी नख्खु खोलाको पानी बागमति मै मिसिएर चोभार हुदैं बग्छ । भएका खोला साघुरो हुने र आकाशबाट परेको पानी जमिनमा रिचार्ज नै नभइ बगेर जाने क्रम पछिल्ला बर्षमा बढ्दो क्रममा देखिएको छ । उपत्यकाको बस्ती पातलो हुँदा प्रयाप्त खुला जमिनहरुमा आकाशको पानी रिचार्ज हुन्थ्यो । अहिले भौतिक संरचनाको बढ्दो चाप र खुला स्थानको अभाव हुँदा जमिन पनि रिचार्ज हुन पाएको छैन भने अर्कोतर्फ थोरै समयमा अत्याधिक बर्षा हुदा आकाशबाट परेको पानी छिटै बगेर तल्लो तटमा जानेक्रम बढेपछि डुवान र बाढीको जोखिम हरेक बर्ष थपीने विज्ञहरुले चेतावनी दिदै आइरहेका छन ।

 

एकीकृत संरक्षण तथा विकास विज्ञ उज्वल उपाध्याय ब्याक वाटर फ्लोका कारण  ८१ सालमा उपत्यकामा धेरै बाढी र डुवानका घटना भएको बताउँछन ।“खोला मिचेर जुन संरचना बनाइयो ति गलत भएको उनको तर्क छ । चोभारको सास्कृतीक, पुरात्वितक पक्षलाई ध्यान दिदै व्याक वाटर फ्लो घटाउन सकिन्छ । लगातारको वर्षाले ल्याउने भेल र त्यो संगै आउने ढुंगा–माटो, फुटेका भात्किएका संरचनाका भागनावशेष देखी फोहोरसम्म नदीमै बिसर्जन हुँदा उपत्यकाका सबै नदी र खोलाको तह पनि बढेको छ जसले सामन्य वर्षामा पनि बाढी आउने अबस्था हुनसक्छ ।” नदीलाई आवश्यकता अनुसार सफा गर्दै स्वाभाविक गहिराईमा लैजान सके पनि बाढिको जोखिम धेरै कम हुन्छ । यो समस्या शिवपुरी देखी चोभारसम्म नै रहेको विज्ञ उपाध्याय बताउँछन  । 

 

ठूलो पानी पर्यो भने के गर्न ? पुन उही घटना दोहोरिन दिने कि बिकल्पको खोजि गर्न भन्ने बहस सुनिन्छ तर रोक्थामका लागि भने खासै पहल भएको पाइदैन । विपद्विज्ञ पीएस जोसी ठूलो पानी पर्ने हो भने जोखिम झन बढ्न सक्ने बताउँछन । जनसंख्याको चाप हरेक दिनजसो बढिरहेको छ । सावधानी अपनाउनु पर्नेमा लापरबाही भएको जोसीको  अनुभव छ । “उपत्यकाका सबै नदिहरु दुर्घटनाको जोखिम निम्त्याउने अवस्थामा पुरयाइएको छ । सहर बनाइयो तर सुरक्षित सहरतर्फ कुनै निकायको पनि ध्यान पुगेन यसकै परिणाम उपत्यकाका नदि किनारमा भोग्नु पर्ने अवस्था पटक–पटक देखिएको छ ।” शहरको बनोट र सभ्यतालाई हल्का रुपमा लिनु नहुने जोसीको तर्क छ । “शहर कस्तो बनाउने भनेर बिगतमा पनि प्रशस्तै छलफल, बहस भए । बागमती एक्शन प्लान देखि अहिलेसम्म पनि विज्ञहरुले पटक–पटक आवश्यक सुझाव सहितका रिपोर्टहरु प्रशासनलाई बुझाए पनि त्यस अनुकुल काम भएको छैन ।”

 

नयाँ थपिएका सडक,पुलहरु निर्माण गर्न सुरुवाती चरण देखि नै साघुरो बनाइएका छन भने नदी किनारको भागमा सड्क बिस्तार हुनु नै जोखिम बढाउनु हो भन्ने सुझाव विज्ञहरुले दिदै आएपनि त्यसको पालना कहि कतै भएको देखिदैन । जसका कारण हरेक दिन उपत्यकामा नदि जन्य जोखिम बढ्दो क्रममा देखिएका छन । पछिल्लो समय सड्क छेउका ढलहरु स्ल्याप नै फालेर फूट्ने गरेका दृश्य देखिन्छन । ढल निर्माणमा पनि समस्या छ । एउटा  ढल वा पुल मात्र होइन संरचना निर्माणमै समस्या भएको विज्ञ जोसीको तर्क छ । बागमति एक्सन प्लान बनाइयो त्यसलाई पनि प्रभावकारी कार्यान्वयनमा ल्याउन सकिएन । पटक पटक छलफल भएपनि रिपोर्टमा दिइएका सुझावलाई बेवास्ता गरिएको जोसीको अनुभव छ ।

 

नख्खु होस अथवा बागमति खोला किनार अतिक्रमण मुख्य समस्या बन्दै आइरहेको छ । विकास निर्माणको मात्रै यो मुद्दा नभएर शुसासनसंग जोडिएको सवाल हो, शहरी बाढी र डुवान । सरकारले निर्मम भएर कदम नचाल्ने हो भने यो समस्या हरेक बर्ष बढ्दै जाने पक्का छ । पूर्वाधारलाई गलत ठाउँमा निर्माण गर्दा जोखिम बढ्छ भन्ने उपत्यकाको संरचनाबाट प्रष्ट हुन्छ । मानव बस्ती र शहरलाई राज्यले बुझ्न जरुरी छ । नदीकिनारका बासिन्दाको पहलबाट मात्रै उपत्यकाको डुवानको समस्या हल हुन सक्दैन । राष्ट्यि निती बनाएरै सरकारले कठोर कदम चाल्यो भने मात्रै उपत्यकाको पूर्वाधार विकासलाई लयमा फर्कउन सकिने उनी बताउँछन । “उपत्यकाले यहि जन घनत्व थेग्न सक्छ  कि सक्दैन । सरकारसंग यसको स्पष्ट खाका हुनुपर्यो । एकपक्षले अर्को पक्षलाई दोषारोपण गरेर समस्या समाधानमा पुग्न सकिदैन । काठमाडौं उपत्यकाका पुराना बस्ती किन बाढी र डुवानको जोखिममा छैन् त्यसतर्फ पनि ध्यान दिनु पर्यो र यहाँ भएको मौलिक ज्ञानलाई पनि अनुशरण गर्न सक्यो भने अहिले भइरहेको समस्यालाई घटाउन सकिन्छ ।”

 

इन्जीनियर प्रज्ञान बरालको टिमले गरेको “बागमती–नख्खु संगम” नामक खोजमा बागमति नदीसंग मिसिने स्थानमा बढी जोखिम निम्त्याउने खतरा भएको उल्लेख छ । इन्जीनियर बरालले प्राविधिक र नितीगत प्रयास दुबै कमजोर बन्दा जोखिम बढेको बताए । उनले आवश्यक  बैज्ञानिक मापदण्ड अनुकुल नदिजन्य पद्धार्थ खोलाबाट बाहिर निकाल्न आवश्यक भएको सुझाव समेत दिएका छन ।

 

महानगरपालिकाले ठूलो बाढी पछि पूर्व सूचना प्रणाली जडान गरे पनि खोलाले बगाएर ल्याएको नदिजन्य पदार्थ समेत हटाउन सकेको छैन । ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले स्थानिय संगको विवादका कारण नदीजन्य पदार्थ हटाउन समेत कठिन भएको बताए । उपत्यकाले थेग्न नसक्ने र विना योजना नै भौतिक संरचना बनाउने होडबाजीले जोखिम झनै थपिदै गएको छ । सरकारले पनि विज्ञहरुले दिएको सुझावलाई समय अनुकुल कार्यान्वयन गर्न सके सम्भावित जोखिमलाई कम गर्न सकिन्छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार