• मंगलबार ५-१६-२०८३/Tuesday 09-01-2026
अर्थ

नाडा अटो शो : ५० बढी सवारी ब्राण्ड सहभागी(फोटो फिचर)

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ ।

 

भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औं नाडा अटो शो २०२६’ करिब तीन लाख वर्गफिट क्षेत्रफलमा दुई सयभन्दा बढी स्टल सहित सञ्चालन भएको छ । यसमा २३ यात्रुवाहक, १७ हल्का व्यावसायिक र १३ दुईपाङ्ग्रे गरी ५३ सवारी ब्राण्ड सहभागी भएका छन । 
 

 

त्यस्तै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले अटोमोबाइल क्षेत्रलाई केवल सवारीसाधनको व्यापारका रूपमा हेर्न नहुने बताए । यो क्षेत्र उद्योग, व्यापार, बैंकिङ, बीमा, रोजगारी र राजस्वसँग प्रत्यक्ष जोडिएको उनको भनाइ छ । नाडाका अनुसार अटोमोबाइल क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १० लाखभन्दा बढी रोजगारी सिर्जना भएको र राज्यको राजस्वमा ९० अर्ब रुपैयाँभन्दा बढी योगदान हुँदै आएको छ ।

 

 


उप्रेतीले दीर्घकालीन लगानीका लागि नीतिगत स्थिरता अत्यावश्यक रहेको बताए । करका दर तथा नीतिमा पटक–पटक हुने परिवर्तनले व्यवसायीलाई दीर्घकालीन योजना बनाउन कठिन हुने भन्दै उनले कर नीतिमा स्थिरता कायम गर्न सरकारसँग आग्रह गरे । 

 

यस वर्षको अटो शोमा नेपाली श्रम, सीप र पुँजीमा तयार भएको ब्राण्ड यात्रीले पहिलो ‘मेड इन नेपाल’ इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्दैछ ।

 

नाडा अटो शोमा ११ कम्पनीका १३ ब्राण्डले दुई पाङ्ग्रे साधन प्रदर्शनीमा राख्नेछन् । जहाँ ढेड दर्जन बढी नयाँ उत्पादन अबलोकन गर्न सकिनेछ । नेपालमै बनेको ‘यात्री पी टु’ सबैभन्दा ठूलो आकर्षण हुने देखिन्छ । सिप्रदी यात्री प्रालिले ‘यात्री पीटु स्कुटर’ नाडा अटो शोबाटै बिक्री थाल्नेछ । नेपालमै उत्पादन गरिएको उक्त स्कुटर ‘नाडा अटो शो’को ‘मेड इन नेपाल’ पभिलियनमा देख्न पाइनेछ । 

 

एमएडब्लू राइज प्राइभेट लिमिटेडअन्तर्गतको यामाहा नेपालले यामाहा एक्सएसआरसहित चार नयाँ मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले अटो शो अबलोकनकर्ताको लागि आफ्नो स्टल निकै आकर्षक बनाइरहेको जनाएको छ । नयाँ उत्पादनको मूल्य लगायतका जानकारी अटो शोको पहिलो दिन नै उपलब्ध हुनेछ । 

 

सीजी मोटर्सले हिरो ब्रान्डका तीन नयाँ मोडल प्रदर्शनी राख्ने जनाएको छ । कम्पनीले १६० सीसीको जुम स्कुटर, १२५ सीसीको ग्ल्यामर एक्स मोटरसाइकल र २५० सीसीको एक्सट्रिम मोटरसाइकल नाडा अटो शोबाट बिक्री थाल्दैछ ।सीजी मोटर्सकै विद्युतीय ब्रान्ड भिडाले भीएक्स जेड स्कुटर र केथ्री डट मिनी मोटरसाइकल पनि प्रदर्शनी गर्ने जनाएको छ ।  

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार