‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा निर्मल पुर्जासहित १० आरोहीको निधन, प्रधानमन्त्री शाहद्वारा दुःख व्यक्त
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा विश्व कीर्तिमान बनाएका पर्वतारोही निर्मल पुर्जा सहितका आरोहीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन ।
विश्वको १२ औँ अग्लो (आठ हजार ५१ मिटर) ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा पुर्जासहित छ जना नेपाली (पुरबहादुर गुरुङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पा) र अन्य चार जना विदेशी आरोहीको हिमपहिरोमा परी दुःखद निधन भएको घटनाले आफूलाई स्तब्ध बनाएको उनले लेखेका छन ।
दिवङ्गत आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री शाहले शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति समवेदना प्रकट गरेका छन ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस