सुनसरी घटना : सरकारको गम्भीर ध्यानाकर्षण
काठमाडौँ ।नेपाल सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विज्ञप्ति जारी गर्दै घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
सरकारले घटनामा घाइते भएकाहरूको निशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत मिलाइएको जनाएको छ । घटनाको सत्यतथ्य अध्ययन गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक उपायसहित सात दिनभित्र प्रतिवेदन बुझाउने गरी गृह मन्त्रालयले छानबिन समिति गठन गरेको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले घटनाबाट प्रभावित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने तथा दोषी माथि प्रचलित कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस