'स्टार' बन्ने फरक बाटो
काठमाडौं । केप भर्डका ४० वर्षीय गोलरक्षक भोजीन्यालाई एनएफएलका दिग्गज खेलाडी टम ब्र्याडीलाई इन्स्टाग्राममा फलोअरहरूको सङ्ख्याका आधारमा उछिन्न केवल ९० मिनेट लाग्यो।
जारी विश्वकपको समूहचरणमा भोजीन्याको प्रभावशाली खेलका कारण केप भर्डले स्पेनलाई गोलरहित बराबरीमा रोक्यो। विश्वकपको एउटा प्रमुख दाबेदार टोलीसँगको खेलमा उक्त नतिजा आश्चर्यजनक थियो। त्यसपछि इन्स्टाग्राममा ५०,००० फलोअर मात्र भएका भोजीन्यालाई फलो गर्नेहरूको सङ्ख्या ह्वात्तै बढ्न थाल्यो। अहिले उनका फलोअरहरूको सङ्ख्या एक करोड ७३ लाखभन्दा धेरै पुगिसकेको छ। ब्र्याडीका फलोअरको सङ्ख्या एक करोड ५५ लाख मात्रै छ।
भोजीन्याजस्तै विश्वकपका स्टारहरूले सामाजिक सञ्जालमा आफूले कमाएको ख्याति प्रयोग गरेर आफ्ना लागि राम्रो कमाइ हुने लोभलाग्दो अवसर सिर्जना गर्न सक्छन्। तर मिडिया विशेषज्ञ माइक सेराजियोका अनुसार त्यस्तो सम्भावना क्षणिक हुन सक्छ। "यो भाइरल हुन्छ। यो निकै चाँडो बढ्छ र त्यत्तिकै चाँडो घट्छ," उनले भने। सामाजिक सञ्जालमा सशक्त उपस्थिति हुँदा 'ब्र्यान्ड' साझेदारी र विज्ञापनदाताहरूले व्यक्तिगत पोस्टका लागि पैसा दिन सक्छन्।
कोर्नेल विश्वविद्यालयकी डिजिटल र सामाजिक सञ्जालविज्ञ ब्रूक डफीका अनुसार लाखौँ फलोअर भएका 'इन्फ्लुअन्सर'हरूले लाख डलरभन्दा बढी भुक्तानी माग्न सक्छन्। "फलोअरहरू अहिले 'मुद्रा'जस्तै बनेका छन्… फलोअरको सङ्ख्या उच्च हुँदा कमाइ पनि बढी हुन्छ," उनी भन्छिन्। बीबीसी
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस