• आइतबार २-१७-२०८३/Sunday 05-31-2026
देश/प्रदेश

'बजेट गैर जिम्मेवार रहेको एमालेको निष्कर्ष '

काठमाडौं ।  नेकपा (एमाले) ले सरकारले ल्याएको बजेट गैर जिम्मेवार रहेको निष्कर्ष निकालेको छ। शनिबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले बजेटका विषयमा प्रारम्भिक समीक्षा गर्दै यस्तो निष्कर्ष निकालेको हो ।

 

एमाले संसदीय दलको बैठकले समग्रमा बजेट गैर जिम्मेवार र हावादारी रहेको प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए। दुई तिहाइ प्राप्त गरेको सरकारको मुलुकको रूपान्तरण र जनअपेक्षा अनुसारको बजेट ल्याउन नसकेको उनले बताए।

 

बैठकले दुई वटै सदनको दुई तिहाइले संविधान संशोधन गर्न सकिने भाव सहितको संसद नियमावली अघि बढाउन खोजिएको भन्दै त्यसको प्रतिरोध गर्ने निर्णय गरेको उनले बताए

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार