• बुधबार २-१३-२०८३/Wednesday 05-27-2026
रंगमञ्च

आदिइत्यादिको प्रस्तुति ‘सुझबुझ’

काठमाडौँ । धादिङको गजुरी गाउँपालिकामा सडक नाटक ‘सुझबुझ’ देखाइएको छ। गजुरी गाउँपालिका धादिङको आयोजना तथा नाट्य संस्था 'आदिइत्यादि’ को प्रस्तुतिमा मञ्चन गरिएको  हुन उक्त नाटकको लेखन तथा निर्देशन रङ्गकर्मी पुरु लम्सालले गरेका हुन।

 

आधुनिक प्रविधि र सामाजिक सञ्जालको गलत प्रयोगका कारण निम्तिने विभिन्न जोखिमहरूका बारेमा नाटक मार्फत सचेत गराइएको छ । यसका साथै पछिल्लो समय व्यस्तताका कारण अभिभावकहरूले आफ्ना बालबालिकाहरूलाई पर्याप्त समय नदिँदा उनीहरूको मनोविज्ञान र भविष्यमा कस्तो नकारात्मक परिणाम निस्कन्छ भन्ने कुरालाई पनि नाटकमा बडो मार्मिक ढंगले देखाइएको छ ।

 

नाटकले विशेष गरी युवा पुस्तामा बढ्दो लागुपदार्थको दुव्र्यसनी र यसले समाजमा पारेको गम्भीर असरका कुराहरुलाई दर्शाउछ । समाजमा अझै पनि चुनौतीका रूपमा रहेको बालविवाह र यसले समाजमा पार्ने बहुआयामिक प्रभावलाई समेत नाटकको मुख्य विषयवस्तु हो।

 

सामाजिक रूपान्तरण र जनचेतना अभिवृद्धिका लागि अत्यन्तै प्रभावकारी हुने अपेक्षा गरिएको नाटकमा दिवाकार घिमीरे, सागर कार्की दीपमाला परियार, सेविता अधिकारी अञ्जु खड्का र रुबिन सुनुवारको अभिनय, संवाद र प्रस्तुति निकै प्रभावकारी छ।

 

नाटकभित्र पुरु लम्सालको लेखन तथा निर्देशकीय पक्षलाई हेर्दा सामाजिक यथार्थ, मानवीय सम्बन्ध र समकालीन समस्यालाई कलात्मक ढंगले प्रस्तुत गर्ने विशेषता देखिन्छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार