एलिफेन्ट्स इन द फगलाई ‘जुरी प्राइज’
काठमाडौं । चलचित्र ‘एलिफेन्ट्स इन द फग’ ले विश्वप्रसिद्ध कान्स चलचित्र महोत्सवको अन सर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ जितेको छ । अविनाशविक्रम शाह निर्देशित चलचित्रले उक्त अवार्ड जितेको हो । यसअघि पनि कान्समा शाह निर्देशित ‘लोरी’ ले स्पेसल मेन्सन पुरस्कार जितेको थियो । सो अवसरमा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले यस वर्ष महोत्सवमा नेपालको उपस्थिति नेपालीले गौरव गर्ने स्तरमा पुगेको बताइन ।
फेस्टिभलमा भाग लिएर स्वदेश फर्किएपछि शनिवार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले, महोत्सवमा शाहले निर्देशन गरेको चलचित्रले अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ प्राप्त गर्नुले नेपाली चलचित्र तथा रचनात्मक उद्योग र कला क्षेत्रको उचाइ अझ अग्लिएको बताइन ।
‘नेपाली चलचित्र वल्र्ड प्रिमियर हुँदा कलाकारसँगै बसेर चलचित्र हेर्दा गौरव अनुभूति भयो । चलचित्रले लगातार सात मिनेटसम्म ‘स्टयान्डिङ ओभेसन’ (लगातार ताली) प्राप्त गरेको थियो । सबै दर्शक ‘इमोसनल’ हुनुभएको थियो,’ उनले भनिन् ।
महोत्सवमा चलचित्र उत्पादनसँग सम्बन्धित प्रविधि र प्राविधिक स्थलको अवलोकन, यी विषयमा नगरका प्रमुखहरू तथा रचनात्मक उद्योग क्षेत्रका अधिकारीहरूसँग आपसी सिकाइ, भोगाइ तथा अनुभव आदानप्रदान भएको थियो । उक्त महोत्सव शनिवार सकिएको छ र सोही क्रममा मुख्य विधाको विजेता समेत घोषणा गरिएका थिए ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस