• शनिबार २-९-२०८३/Saturday 05-23-2026
बिश्व

कान्समा डंगोलको पहिरनको चर्चा 

काठमाडौं । कान्स फिल्म फेस्टिभलमा काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले नेपालको सांस्कृतिक पहिचानलाई विश्वसामु गर्वका साथ प्रस्तुत गरेकी छिन् । डिजाइनर श्रीजा श्रेष्ठद्वारा तयार गरिएको आधुनिक शैलीको पारम्परिक ‘हाकु पटासी’ पहिरनमा देखिएकी डंगोलको पहिरनले परम्परा र आधुनिक फेसनको सुन्दर नेपाललाई विश्व मञ्चमा झन् विशेष बनाएको छ । 

 

कान्स भ्रमणका क्रममा उहाँले काठमाडौं फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रवद्र्धन तथा सृजनात्मक सहकार्यका विषयमा पनि विभिन्न उच्चस्तरीय भेटघाट गरेकी छन् । उक्त फेष्टिभलमा अविनाश विक्रम शाह निर्देशित नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ प्रिमियर पनि भएको छ । प्रिमियरमा चलचित्रले सबैबाट प्रशंसा बटुलेको छ । 

 

प्रिमियर पछि  बलिउड चलचित्र निर्देशक अनुराग कश्पयपले ‘एलिफेन्ट्स इन द फग’ को खुलेर प्रशंसा गरे । उनले सामाजिक सञ्जाल मार्फत नेपाली चलचित्रले ठुलो फड्को मारेको धारणा व्यक्त गरे । चलचित्र कान्स फिल्म फेष्टिभलको ‘अन सर्टेन रिगार्ड’ समुहमा छनौट भएको पहिलो नेपाली चलचित्र हो । 

 

चलचित्र नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल तथा नर्वेको अन्तर्राष्ट्रिय सहकार्यमा निर्माण भएको हो । पुष्पा थिङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, जोएल गुरुङ, उमेश पाण्डेलगायतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको छ । 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार