बेलायतमा कुलमानले गरे गोर्खा सैनिकको प्रशंसा
लन्डन । बेलायत भ्रमणमा रहेका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले वीर गोर्खा सैनिकको योगदानकै कारण नेपालको पहिचान विश्वभर पुगेको बताएका छन् ।
उनले अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा अवस्थित प्रथम गोर्खा भिसी कुलवीर थापाको सालिकस्थल पुगेर श्रद्धाञ्जली अर्पण गर्दै पुष्प माला चढाए ।गैर आवासीय नेपाली सङ्घ (एनआरएनए युके) ले उनको सम्मानमा आयोजना गरेको ‘मिट एन्ड ग्रिट’ कार्यक्रम अघि उनी त्यहाँ पुगेका थिए ।
त्यस पछि पञ्चे बाजा र पाइपर धुनका साथ बेलायत, नेपालको झन्डा बोकेका नेपालीहरू सम्मिलित र्यालीमा सहभागी भएर कुलमान हल प्रवेश गरेका थिए । बेलायतका ५९ सङ्घसंस्थाका प्रमुख, बुद्धिजीवी, व्यवसायी र सर्वसाधारण सहभागी कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले आफ्नो न्यानो माया, स्वागत सम्मानका लागि आयोजकप्रति आभार व्यक्त गरे ।
नेपालमा बर्सेनि १५ खर्ब रुपैयाँ रेमिटेन्स भित्रने र त्यो मध्ये करिब ७ खर्ब खाडी मुलुकबाट हुने भए पनि राज्यले आफूहरूलाई अपमान गर्ने गरेको उनीहरूको गुनासो सुन्दा दुःख लागेको घिसिङले बताए ।
'जिडिपीको २७ प्रतिशत योगदान रेमिटेन्सबाट छ । यसले विदेशी मुद्रा आर्जन गरेर हाम्रो अर्थतन्त्र धानिरहेको छ । तिनै खाडीका नेपालीलाई हेला गर्ने, वंशजको नेपाली नागरिकता नदिएर युरोप, अमेरिका लगायत पश्चिमा देश बसेका नेपाली र पेसेवरहरूलाई नेपाल फर्कन वा लगानी गर्न रोक्नु ठिक होइन', उनले भने ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस