विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम आजदेखि सुरु

काठमाडौं। विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम पाठ्यक्रम, २०८१ बमोजिम ललितपुर महानगरपालिकाका नगर प्रहरी र स्वयंसेवकहरुको लागि ७ दिने स्वयंसेवक आधारभूत तालिम आजदेखि ललितपुरमा सुरु भएको छ।
तालिमको उद्घाटन सत्रमा बोल्नु हुदै प्राधिकरणका कार्यकारी प्रमुख ई.दिनेश भट्टले पहिलो पटक स्वयंसेवकलाई तालिम दिन सुरु गरिएको र यस्ता तालिमले स्थानीय समुदायलाई विपद्सँग जुध्न मद्दत पुग्ने आफूले अपेक्षा लिएको जानकारी दिनु भयो । ललितपुर महानगरपालिकाले विपद् व्यवस्थापनमा राम्रा कामहरु गरेकाले यहीबाट तालिमको सुरुवात गरिएको उहाँको भनाई छ । यस किसिमका तालिमलाई सबै पालिकामा पुर्याउन अभियानकै रुपमा लैजाने बताउनु भयो ।
तालिममा १९ जना नगरप्रहरी र ५ जना अग्नि नियन्त्रक गरी २४ जनाको सहभागिता रहेको छ। प्राधिकरणको आयोजना, ललितपुर महानगरपालिकासँगको सहकार्य र NSET को प्राविधिक सहयोगमा तालिम भइरहेको हो। विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन कार्यकारी समितिको २९औँ बैठकले उक्त तालिम पाठ्यक्रम स्वीकृत गरेको थियो।
प्रतिकृया दिनुहोस