बिनोद खनालको शब्द,बबिना भट्टराईको स्वरमा गजल 'नदीमा तिमी छौ'

काठमाडौ । पछिल्लो समय गीत संगीतको क्षेत्रमा गजल लोकप्रिय बन्दै गएको छ । परम्परागत साहित्यिक शैलीलाई समेट्दै समसामयिक विषयवस्तु प्रस्तुत गर्ने माध्यमको रूपमा गजलको प्रभाव विस्तार भइरहेको छ ।
नेपाली गजलकारहरूले राजनीतिक, सामाजिक, प्रेम, पीडा, परदेशी जीवनजस्ता विषयहरूलाई गजलमार्फत प्रभावशाली ढंगले प्रस्तुत गर्दै आइरहेका छन् जसले गर्दा जनमानसको भावना उजागर गर्न गजलले सहयोग पुर्याएको छ भने गजलले नेपाली साहित्यमा भाषिक सौन्दर्य, लयात्मकता, प्रतीकात्मकता र गहन अर्थ भित्राएको छ । गजलले साहित्यिक विधामा विविधता समेत ल्याएको छ ।
नयाँ पुस्ताका लेखक तथा पाठकहरू पनि गजलप्रति आकर्षित भइरहेका छन् । नेपाली गजल अहिले साहित्य, संगीत र समाजको बीचमा सेतुको काम गर्दै, परम्परा र आधुनिकताको सन्तुलनमा गहिरो प्रभाव छोडिरहेको अनुभूति भइरहेको छ ।
नदीमा तिमी छौ, लहरमा तिमी छौ
म डुंगा हुँ मेरो सफरमा तिमी छौ ।
नदी शब्दकोषले गरेको शाब्दिक व्याख्या अनुसार कुनै पर्वत, ताल आदिबाट निस्केर निश्चित स्थानबाट बहदै अरु नदीनाला संग मिसिदै वा एक्लै समुन्द्रमा मिसिने जल प्रवाह हो तर गजलको यो शेरमा नदीको परिभाषालाई यत्तिले मात्र पूर्णता दिदैन । नदी जीवनयात्राको प्रतीक पनि हो ।
प्रतिकृया दिनुहोस