• शुक्रबार १-२६-२०८२/Friday 05-09-2025
डबली

नियात्राकार युवराज सम्मानित

काठमाडौंं । नियात्राकार युवराज नयाँघरेलाई थाइल्यान्डको राजधानी बैङ्ककमा सम्मानित गरिएको छ । थाइ नेपाली सङ्घ,बैङ्कक शाखाले आयोजना गरेको कार्यक्रममा साहित्यका विविध विधामाथि अन्तर संवाद समेत भएको थियो । 

 

समारोहमा अशोक घिमिरे,दीपा राना,तिलक पोख्रेल, रीत निरौला गुरागाईं, कोमल भट्टराई, राज पौड्याल, गङ्गा बस्नेत, भारती अधिकारी, विना ढकाल,करुणा भुजेल, लोकेन्द्र ओली लगायतले आप्mना रचना र विचार प्रस्तुत गरेका थिए । 

 

नियात्राकार नयाँघरेले स्थानीय अनुभूति र विषयलाई सम्मान गरी लेखिएको साहित्य लोकप्रिय र स्वीकार्य हुने बताए । थाइल्यान्डमा बसे पनि म्यान्मारका नेपाली साहित्यकारहरुले बैङ्ककका अनुभव कलात्मक ढङ्गले निरन्तर सिर्जना गरिरहेकोमा प्रसंशा गरृेका थिए । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार