• शनिबार १-२७-२०८२/Saturday 05-10-2025
पत्रपत्रिका

शिक्षकको माग तुरुन्त सम्बोधन गरिनुपर्छ : काँग्रेस महामन्त्री थापा

तनहुँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकको माग तुरुन्तै सरकारले पुरा गर्नुपर्ने बताउनु भएको छ ।

 

नेपाली काँग्रेस भातृसङ्गठन नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँले सोमबार दमौली गरेको प्रशिक्षण कार्यक्रम तथा तरुण यात्रा पुस्तकको बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताउनुभएको हो ।

 

शिक्षकका धेरै मागहरु सरकारको कार्यपालिकाको वैठकले नै सम्बोधन गर्ने खालको भएको महामन्त्री थापाको भनाई थियो । महामन्त्री थापाले भन्नुभयो, ‘शिक्षकको मागलाई तुरुन्त सम्बोधन गर्नुपर्छ कार्यपालिकाकै वैठकबाट समाधान गर्न मिल्ने खालका छन् ।’ 

 

मुख्य मागहरु मन्त्रीपरिषको बैठकबाट पुरा गर्ने र बाँकी मागहरु छिट्टै कानुन बनाएर पुरा गर्न सकिने उहाँको भनाई थियो । प्रकाशित गरेको पुस्तकको महामन्त्री थापाले बिमोचन गर्नु भएको हो ।शिक्षकहरु सडकमा आएर लामो समय सम्म आन्दोलन गरिराख्नु पर्ने अवस्थाको अन्त्यको लागि गंभिर भएर सरकारले तत्कालै माग पुरा नभए अप्रिय घटना हुने स्थितीको सिर्जना हुने महामन्त्री थापाको भनाई थियो ।अमरराज नहर्की/ गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार