• शनिबार १-२७-२०८२/Saturday 05-10-2025
राजनीति

कांग्रेसले ‘हामी सक्छौं: मिसन रोजगारी’ अभियान सुरु गर्ने

काठमाडौं । नेपाली कांग्रेसले ‘हामी सक्छौंस् मिसन रोजगारी’ अभियान सुरु गर्ने भएको छ। रोजगारीको अवसर सिर्जना गर्ने विषयलाई राजनीतिक विमर्शको केन्द्रमा ल्याउने उद्देश्यले कांग्रेसले यो अभियान अघि बढाउन लागेको बताइएको छ ।


 
अभियानको औपचारिक शुभारम्भ आज नेपाली कांग्रेस केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, सानेपामा हुनेछ। पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले अभियानको शुभारम्भ गर्ने जनाइएको छ ।


 
अभियान अन्तर्गत सरकारलाई रोजगारी सिर्जना प्राथमिकतामा राख्न दवाव दिने, रोजगारीका सम्भावना पहिचान गर्ने तथा समग्र रोजगारीको वातावरण सुधार गर्ने रणनीतिहरू तय गरिने कांग्रेसले जनाएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार