• शनिबार १-२७-२०८२/Saturday 05-10-2025
राजनीति

‘अब पार्टी भित्र अन्याय हुन दिन्न’ 

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्ताहरु माथि अब अन्याय हुन नदिने प्रतिबद्धता जनाएका छन्  ।

 

कांग्रेसको राप्ति स‍ोनारी गाउँपालिका सम्मेलनलाई आइतबार उदघाटन् गर्दै डा.कोइरालाले कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आफुले लिने बताएका हुन । 

 

नेता कोइरालाले थप्नुभयो,’ढुक्क भएर संगठन गर्नुस, समयमै सदस्यता नविकरण गराउनुस ।’ सबै तहका कांग्रेस कार्यकर्ताहरु पार्टीको विधान अनुसार अघि बढन निर्देशन समेत दिएका थिए ।

 

ब्यक्ति बलियो होईन संस्था बलियो बनाउनु पर्ने धारणा राख्दै देश दौडाहमा रहेका नेता डा.कोइरालाले आगामी महाधिवेशन निर्धारित समयमै हुनुपर्ने समेत बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार