• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
मनोरञ्जन

अनमोल र जसीताको अभिनय रहेको चलचित्र'फर्की फर्की' जेठ १० मा दर्शकमाझ आउँदै

काठमाडौं । युवा स्टार अनमोल केसीको प्रमुख अभिनय रहेको फिल्म 'फर्की फर्की' आगामी जेठ १० बाट दर्शकमाझ आउँदैछ । रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिम आक्रामक प्रचार थालनीको तयारीमा छ । यो बीचमा नयाँ वर्षको छेको पारेर फिल्मको पोस्टर सार्वजनिक गरिएको छ ।



सार्वजनिक अचल प्रचार सामग्रीमा प्रमुख अभिनेता अनमोललाई अभिनेत्री जसीता गुरुङसँग रोमान्टिक मूडमा देख्न सकिन्छ । यसैसाता फिल्मको टिजर ट्रेलर सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । लभस्टोरी जनरामा अत्याधिक रुचाईएका युवा स्टार अनमोल यो फिल्मलाई लिएर निकै उत्साहित रहेको बताउँदै आएका छन् ।



रोहित अधिकारी फिल्मस्'को प्रस्तुति र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । यो फिल्ममा अनमोल र जसीतासँगै रवि काफ्ले र समृद्धि अर्याल पनि मुख्य अभिनयमा देखिनेछन् । ओमप्रकाश अग्रवाल निर्माता रहेको फिल्ममा मनोज वली र रामु न्यौपाने सह–निर्माताको रुपमा छन् । यो फिल्ममा अरुण रिजालको पनि लगानी छ ।



फिल्म 'फर्की फर्की'मा सुरेन्द्र पौडेलको सम्पादन समावेश हुँदा रोमन न्यौपाने र नरेन लिम्बुको संगीत, नरेन्द्र मैनालीको छायांकन, सुयोग गुरुङको पटकथा र किरण थापाको कोरियोग्राफी छ ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार