• मंगलबार १-१८-२०८१/Tuesday 04-30-2024
पत्रपत्रिका

एसीसी प्रिमियर कप : नेपालको लगातार दोस्रो जित

काठमाडौँ। अलराउन्डर दीपेन्द्रसिंह ऐरी चम्किएपछि एसीसी प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा नेपालले कतारमाथि सानदार जित निकालेको छ । ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा शनिबार भएको समूहको दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले हरायो । लगातार दोस्रो जितसँगै नेपालले चार अङ्क बनाएको छ । 

 

जितका लागि दुई सय ११ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७८ रनमा समेटियो । कतारका लागि मुहमद तानवीरले ६३ रन बनाउनुभयो । उहाँले ३३ बलमा ६ चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । मोहमद अहनाफले २३,  हिमान्सु् राठोडले अविजित २२, अदनान मिर्जाले १९ र ओपनर कमरन खानले १८ रन बनाउनुभयो । 

 

बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र गुलशन झाले दुई/दुई विकेट लिनुभयो । कुशल मल्ल र अविनाश बोहराले एक/एक विकेट लिनुभयो ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा दुई सय १० रन बनाएको थियो । 

 

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ६४ रन बनाउनुभयो । अन्तिम ओभरको ६ बलमा ६ छक्का हान्नुभएका दीपेन्द्रले २१ बलमा तीन चौका र सात छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

 

उहाँ अन्तिम ओभरको सबै बलमा छक्का हान्ने नेपालका पहिलो खेलाडी बन्नुभएको छ । विश्वमा भने उहाँ टी–२० मा तेस्रो र एक दिवसीयमा अन्तिम ओभरमा ६ छक्का हान्ने पाँचौँ खेलाडी बन्नुभएको छ । दिपेन्द्र म्यान अफ दि म्याच हुनुभयो ।गोविन्द रेग्मी/ गोरखापत्र 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार