नयाँ वर्षदेखि दरबारमार्ग र ठमेल २४ सै घण्टा खुला
काठमाडौं । नयाँ वर्ष २०८१ देखि दरबारमार्ग र ठमेल क्षेत्र २४ सै घण्टा खुल्ला हुने भएको छ ।
बिहीबार ठमेल प्रर्यटन विकास परिषद र दरबारमार्ग विकास बोर्डले पत्रकार सम्मेलन गर्दै व्यवसायीहरूले यस्तो घोषणा गरेका हुन ।नेपाल प्रहरी र पर्यटक प्रहरीको जनशक्ति थप गरी यी क्षेत्रलाई चलायमान बनाउने बारे केहि समय अघि देखी छलफल हुदैं आइरहेको थियो ।
यद्यपी ठमेल भगवान बहाल क्षेत्र भित्रका व्यवसायीले २४ घण्टा व्यवसाय संचालन गराउन नपाउने पत्रकार सम्मेलनमा बताइएको छ ।ठमेलको भगवान बहालमा स्थानीयको बसोबास भएकाले १० बजेदेखि ६ बजेसम्म व्यवसाय सञ्चालन गर्ने नसकिने ठमेल पर्यटन बोर्डले जनाएको छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस