• सोमबार १-१७-२०८१/Monday 04-29-2024
राजनीति

सिटौला मनोनयन

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ ।

 

सभापति शेरबहादुर देउवाले शनिबार राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टीका पूर्व महामन्त्री एवं राष्ट्रियसभा सदस्य सिटौलालाई मनोनयन गर्नु भएको जानकारी नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए । 

 

सभापति देउवाले उनलाई कांग्रेस संसदीय दलको विधान संशोधन तथा परिमार्जनसहित, २०७४ को धारा १२ को उपधारा (१) बमोजिम राष्ट्रियसभा संसदीय दलको नेता पदमा मनोनयन गर्नु भएको हो । 

 

यसैगरी, कांग्रेसले सत्ता गठबन्धनमा नरहेका दलहरूसँग परामर्श गरेर अध्यक्षको उम्मेदवार तय गर्ने  पनि मुख्य सचिव पौडेलले बताए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार