• शुक्रबार १-२६-२०८२/Friday 05-09-2025
खेलकुद

क्यानको सचिवमा पारस खड्का निर्वाचित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनको मतगणनामा ७५ मत गणना हुँदा पारसले ४३ मत ल्याएका छन्। 

 

उनका निकटतम प्रतिद्धन्द्धी प्रशान्त विक्रम मल्लले  ३२ मत पाए। यद्यपि मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ । पारस क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि अध्यक्ष हुन् ।

 

क्यानका अरु पदाधिकारीहरु अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार