• शुक्रबार १-२६-२०८२/Friday 05-09-2025
खेलकुद

सुदूरपश्चिम र जनकपुरमा कसले मार्ला बाजी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको फाइनल खेल शनिबार हुँदैछ। जहाँ उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर भिड्दैछन्। त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो साढे १२ बजेदेखि सुरू हुने हुनेछ। 

 

शुक्रवार भएको पत्रकार सम्मेलनमा जनकपुरका कप्तान आसिफले शेखले फाइनलमा पनि अन्य समयमा खेलेको जस्तै आफूहरूले राम्रो क्रिकेट खेल्ने बताए। जीत र हारको ‘ बदला भन्दा पनि आफूले उत्कृष्ट प्रदर्शन गर्ने हो। नतिजा जे जस्तो आओस् खेलबाट निस्कने बेलामा यति मात्र महसुस हुनुपर्‍यो कि,आफूसँग जे जति थियो सबैलाई खेलमा नै लगायौं ।

 

यस्तै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले जनकपुरलाई दुईपटक हराए भए पनि हल्का रूपमा लिन नहुने बताए। जनकपुरको टिम पनि राम्रो छ, खेल प्रतिस्पर्धात्मक नै हुन्छ। हामी जुन योजनामा खेलिरहेका छौं त्यसैगरी फाइनलको लागि पनि टिम त्यहि अनुसार तयार भएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार