सुनमा २०० र चाँदीमा ५ रुपैयाँ घट्यो

काठमाडौ । नेपाली बजारमा बुधबार सुनचाँदीको कारोबार मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ थियो ।
मंगलवार सुनको मूल्य ५०० रुपैयाँ र सोमबार २०० रुपियाँले बढेको थियो । सुनसँगै चाँदीको मूल्य समेत घटेको छ । तोलामा ५ रुपैयाँले घटेसँगै चाँदीको मूल्य प्रतितोला १४ सय ५ रुपैयाँ कायम छ ।
प्रतिकृया दिनुहोस