• शनिबार ६-६-२०८०/Saturday 09-23-2023
देश/प्रदेश

६७० जना कैदीको कैद माफी मिनाहा

काठमाडौं । संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा छ सय ७० जना कैदीलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद माफी मिनाहा भएको छ । 

 

उनले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वोच्च अदालतको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ ।

 

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को गत भदौ २९ गतेको बैठकको सिफारिसअनुसार यही असोज ३ गतेदेखि लागू हुनेगरी माफी मिनाहा गर्नुभएको राष्ट्रपति कार्यालयले जारी विज्ञप्तिमा जनाइएको छ ।

 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार