• बुधबार ३-६-२०८१/Wednesday 06-19-2024
रंगमञ्च

‘आतुरकाल’ र ‘ह राम पण्डित’ मच्चन हुने


काठमाडौं । आउँदो भदौ २१ र २२ गते दुई दिन मात्र रसियन हाउस कमलपोखरीमा नाटक ‘आतुरकाल’ मंचन हुँदैछ । बलाराम परदेशबाट घर फर्केपछि बाढीले बगाएर उसको बुवाको मृत्यु हुन्छ । सानैमा टुहुरो भएको बलराम पनि घरको दुख सहन नसकेर साहुसँग ऋण मागेर परदेश जान्छन् । परदेशमा गोठालो बनेर कमाएको बचेको अलिअलि पैसा पनि आफन्तले चोरिदिन्छन् । त्यसपछि बलराम रित्तै हात घर फर्किन्छन् । समय परिवेश परिस्थिति फरक हुन सक्छन् । घटेका घटना वा घटाइएका घटनाहरू  उतिकै पीडादायी हुन्छन् । आ–आफ्ना हुन्छन् मान्छेका सोचाई अनि बुझाईहरु । सहनुपर्छ जिन्दगीमा अनेक प्रहार अनि भोगाईहरु जुन भोग्दै जाँदा बिर्सिनेछन् धेरैले आफ्ना अतितहरु । नाटक ‘आतुरकाल’ मा यही भोगाईहरुलाई उजागर गर्न खोजिएको छ । 

 

नाटक लेख्दा थुप्रै पटक म भावविह्वल भएको नाटकका लेखक केदार नाथ पौडेल बताउँछन् । उनी भन्छन् ‘देशमा परिवर्तनका नारा थुप्रै पटक घन्किए । थुप्रै व्यवस्था बदलिए तर न आत्मा न शरिरले सुखको अनुभुती गर्न पायो । जीवन ठक्करै ठक्करको मरुभूमि बन्न पुग्यो ।’ पिडा, दुख र सङ्घर्षको पहाड हो ‘आतुरकाल ।’

 

कपिल शर्माले निर्देशन गर्नुभएको नाटकमा लक्षमण डुम्रे, सितला अधिकारी, अर्जुन गुरुङ, प्रियङ्का खड्का, रामहरि अधिकारी, पवन वि.क.ले अभिनय गर्नुभएको छ । नाटकमा संगीत तथा गायन शिवहरि अर्याल र विनोद पौडेलको रहेको छ । प्रकाश संयोजन दिपेन्द्र पौडेलले गर्नुभएको छ भने सेट र कन्सेप्ट डिजाइन लेखक पौडेलको रहेको छ ।

 

त्यस्तै आउँदो भदौं २७ गतेबाट शिल्पी थिएटरमा नाटक ‘ह राम पण्डित’ मन्चन हुने भएको छ । नाटकलाई बारत लिम्बूले निर्देशन गरेका छन् । हास्यव्यंगका बादशाह मानिनु हुने स्व.भैरव अर्यालले लेख्नुभएको काउकुती, जय भुडी, इतिश्री निबन्ध संग्रह भित्रको निबन्धकै आधारमा रहेर नाटक तयार पारिएको निर्देशक लिम्बूले बताए । मानिस मरेपछि उसले जीवनमा गरेका कामको आधारमा उसको मृत्युपछि स्वर्ग वा नरकमा स्थायी रुपले जानुपर्ने कुरा हिन्दू धर्ममा आधारित लोक विश्वासमा आधरती नाटक रहेको छ । 

 

मानिस मरेपछि पनि कसरी उसको पाप र धर्मको लेखाजोखा हुन्छ, ककसले यो काममा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका खेल्छन् यो प्रणालीमा कसरी मृतकले विशेष गरी चित्रगुप्तको कार्यालयमा प्रशासनिक रुपमा जे जस्ता झञ्झट झमेलाको सामना गर्छ यीनै कुरालाई नाटकमा प्रस्तुत गरिएको छ । विशेष गरी नेपाली समाजमा सर्वसाधारणले सरकारी कार्यालयका कर्मचारीहरुबाट साना तिना कुरामा पनि ठूला समस्या र झन्झट व्यहोर्छन् । नजराना, घुस, रिसवत जस्ता चिज नदिएसम्म कुनै काम बन्दैन, कर्मचारीहरुको हप्काइ खानुपर्छ । त्यसैगरी चित्रगुप्तको कार्यालयमा पुगेको मृतकले पनि चित्रगुप्त कार्यालयको कारिन्दालाई क्राइभेन कोसेली दिन नसक्दा उसको नामको तहकिकात नहुनु र धर्म र पाप कुनै नगरी मरेको आरोपमा उ पृथ्वीमै फर्कनु परेको रोचक तथ्य नाटकले उजागर गर्छ । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार