• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
प्रविधी

भारतद्वारा चन्द्रयान-३ प्रक्षेपण

भारतले शुक्रवार अपराह्ण एउटा विशाल रकेट चन्द्रमातिर प्रक्षेपण गरेको छ। एउटा 'ल्यान्डर र एउटा रोभर' सहित अन्तरिक्षतिर जाने उक्त रकेटले एक अर्ब भारतीयहरूको सपना पनि बोकेको छ।सबै कुरा योजनानुरूप नै भयो भने चन्द्रमाको दक्षिणी ध्रुवमा सकुशल 'रोभर' पुर्‍याउने भारत पहिलो देश बन्ने छ। चन्द्रमाको उक्त भागको अहिलेसम्म नक्साङ्कन भएको छैन।

 

चन्द्रमाको ध्रुवीय सतह निकै खतरनाक छ। त्यहाँ ठूलाठूला खाडल र भीरहरू छन्। केही खाडलमा अर्बौँ वर्षदेखि सूर्यको प्रकाश परेको छैन। परिणामस्वरूप त्यहाँको तापक्रम निकै कम अर्थात् माइनस २०३°C सम्म छ। त्यस्तो परिस्थितिमा प्राविधिक उपकरणहरू सञ्चालन गर्न निकै चुनौतीपूर्ण हुन्छ।

 

त्यसैले अहिलेसम्म पठाइएका सबै अभियानहरू चन्द्रमाको मध्यवर्ती भागमा लक्षित थिए। त्यो भाग र त्यहाँको तापक्रमलाई तुलनात्मक रूपमा अनुकूल मानिन्छ।भारतको अन्तरिक्ष निकायले चन्द्रयान-३ नाम दिइएको आफ्नो चान्द्र अभियानलाई असफल हुन नदिन यथोचित उपाय अवलम्बन गरिएको जनाएको छ।

 

चन्द्रयान-२ मा प्रयुक्त सफलतामा आधारित प्रारूपको साटो हामीले चन्द्रयान-३ मा असफलतामा आधारित प्रारूप प्रयोग गरेका छौँ," भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अध्यक्ष एस सोमनाथले भने।"के विफल हुन सक्छ र त्यसलाई कसरी त्यसो हुन नदिने - हामीले यही बाटो अवलम्बन गरेका छौँ," उनले भने।

 

भारतले पहिलो पटक सन् २००८ मा चन्द्रमा तर्फ चन्द्रयान-१ पठाएको थियो। उक्त अभियानबाट चन्द्रमाको सतहमा पानीको अस्तित्व रहेको प्रमाणित गरिको थियो।पहिलो चान्द्र अभियानका लागि भारतले ७.९ करोड अमेरिकी डलर खर्च गरेको थियो।मानसी कपूर/ बीबीसी

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार