राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । आज (बुधबार) विहान नागरिकता विधेयक प्रमाणीकरण भएको हो ।
नागरिकता विधेयक लामो समयदेखि विवादमा थियो । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनले सिफारिस गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरणका लागि अस्वीकार गरेकी थिईन् ।
विधेयकका मुख्य विषय ‘२०७२ असोज ३ अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ’ भन्ने उल्लेख छ ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस