• मंगलबार १-२५-२०८१/Tuesday 05-07-2024
स्वास्थ्य

उमेर पाको हुँदै जाँदा रोगबारे बुझ्न शरीरको स्क्यान

मानव शरीरको इमेज स्क्यान गर्ने विश्वकै सबभन्दा ठूलो परियोजनाअन्तर्गत यूकेमा ६०,००० स्वयंसेवीहरूको मस्तिष्क तथा शरीरको पुन: स्क्यान गरिँदै छ। यो परियोजनाको उद्देश्य रोगहरूको उपचार र रोकथामका नयाँ उपाय पत्ता लगाउनु हो।

 

यो अध्ययनमा मानव शरीर कसरी बूढो हुँदै जान्छ भनेर हेरिने छ। त्यसबाट डिमेन्शा (विस्मृति अर्थात् बिर्सिने रोग) वा विभिन्न किसिमका क्यान्सर लाग्न सक्ने सम्भावना पहिले नै पत्ता लाग्न सक्छ।विगतका यस्ता अध्ययनले मुटु रोगको उच्च जोखिमसहित जन्मिने शिशुका निम्ति आनुवंशिक परीक्षण विकास गर्न सहयोग गरिसकेका छन्।

 

नौ वर्षअघि यसरी स्क्यान गराउन स्वेच्छापूर्वक अघि सर्ने म पहिलो स्वयंसेवी थिएँ र आज फेरि थप स्क्यानका निम्ति म अघि सरेको छु।दोस्रो पटक मेरा मस्तिष्क, मुटु, आँखा र हड्डीको सघनताको विश्लेषण हुने छ।

 

हजारौँ मानिसहरूको कैयौँ वर्षको अन्तरालमा दुई पटक खिचिएका विस्तृत एमआरआई इमेज तथा हड्डीको सघनताको विश्लेषण गरिएका प्रतिवेदनबाट डिमेन्शा, क्यान्सर तथा मुटु रोगजस्ता बिमारी पहिचान र रोकथाम गर्न सघाउ पुग्ने नयाँ सम्भावनाहरूको ढोका खुल्न सक्छ।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार