नेता र हजाम

मेरो टाउकोका दुइटा मालिक, एक हजाम एक नेता,
एउटाले रौं सफाचट,अर्कोले गिदी बेपत्ता !!
टाउको निहुर्याएरै छाड्छन्,साहुको होस् या बाउको,
यिनको उद्योगको कच्चा पदार्थ हामीहरुको टाउको !!
यिनको फेला परेपछि जस्तै चञ्चल पनि निश्चल,
उसले राम्रो बनाइदेला भन्ने बिश्वास त्यो निश्चल !!
निहुरीमुन्टी लगाएर छुरा कैँची चलाउँदा
टुलुटुलु हेरी बस्छन्,शूरवीर कहलाउँदा !!
तर यी दुईमा हजाम राम्रो,एक टाउको एक चोटिमा,
नेताले लाखौं टाउको,मुडिदिन्छन् एक चोटिमा !!
बिगारे पनि हजामले त कपाल फेरी पलाउँछन,
कमसेकम छुरा कैँची देखाएरै त चलाउँछ !!
प्रतिकृया दिनुहोस