थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
५५ जनाको पीसीआर र १ हजार ५ सय ४८ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार शनिबार २६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् भने १ सय ३७ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
प्रतिकृया दिनुहोस