• सोमबार ८-१८-२०८०/Monday 12-04-2023
स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७१८ जनाको नमुनामध्‍ये १८० जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार ५३८ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको  हो ।

 

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २५२ पुगेको छ । हाल २५ जना संस्थागत आइसोलेसनमा, ११ जना आईसीयूमा  उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार