पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७१८ जनाको नमुनामध्ये १८० जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार ५३८ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २५२ पुगेको छ । हाल २५ जना संस्थागत आइसोलेसनमा, ११ जना आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस