• शनिबार १-८-२०८१/Saturday 04-20-2024
स्वास्थ्य

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, ५१ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  ।

 

पछिल्लो २४ घण्टामा १ हजार २३८ जनाको नमूना परीक्षण गरिएको थियो । २ सय ५ जनाको पीसीआर र १ हजार ३३ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको हो । उक्त परीक्षणमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ३६१ पुगेको छ । हाल २७ जना संस्थागत आइसोलेसनमा, ८ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत छन ।
 

 

पछिल्लो २४ घण्टामा ३५ जना सङ्क्रमणमुक्त  भएका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार