कोरोनाको दर पुन बढ्दै, एकै दिन ६९ जनामा संक्रमण पुष्टि

काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सोमबार १ हजार २ सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा कोरोना संक्रमण देखिएको हो । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको संक्रमण देखिएको थियो।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भारतमा संक्रमण बढिरहेको र खुला सिमानाका कारणले नेपाल संक्रमण भित्रिएको जानकारी दिए । ‘भारतमा संक्रमण बढिरहेको छ । ती संक्रमित खुला सिमानाका कारण नेपालमा भित्रिँदा यहाँ संक्रमण बढेको उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस