• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

जारीको पहिलो गीत 'चरी बस्यो' सार्वजनिक

काठमाडौं। कवि तथा लेखक उपेन्द्र सुब्बा निर्देशित चलचित्र 'जारी'को पहिलो गीत सार्वजनिक भएको छ । 

 

'चरी बस्यो' बोलको लिरिकल गीतमा काली प्रसाद बास्कोटाको शब्द रचना, संगीत तथा स्वर रहेको छ । जारीको सार्वजनिक गीतककोे लिरिकल भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको नोक झोकलाई प्रस्तुत गरिएको छ । चलचित्र आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउने छ   ।

 

जारी प्रथामा आधारित रहेको सिनेमामा लिम्बु संस्कृति र भेषभुषा पनि झल्किन्छ । ब्लकबस्टर सिनेमा ‘कबड्डी ४’ पछि दयाहाङ र मिरुनाले ‘जारी’मा सहकार्य गरेका हुन् । सिनेमामा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठूलेलगायतका कलाकारको अभिनय छ ।

 

सिनेमामा उपेन्द्र सुब्बाको लेखन तथा सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको सिनेमामा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । सिनेमाका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् ।

 

बाँसुरी फिल्मस्को प्रस्तुती र कबड्डी फिल्मस्को सहकार्य निर्माण भएको सिनेमामा शृजना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बुको सह-निर्माताको रुपमा रहेका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार