• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
शिक्षा

एसईईको नतिजा आज

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० अर्थात् माध्यमिक शिक्षा परीक्षा ९एसईई० नतिजा आज बुधबार प्रकाशन तयारी गरेको छ । गत वैशाखमा परीक्षा सञ्चालन भएको एसईई नतिजा आज सार्वजनिक गर्ने तयारी भएको हो ।

 

कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

 

यो वर्षको कक्षा १० अर्थात् एसईई परीक्षामा ५ लाख १४ हजार विद्यार्थी सहभागी भएका छन् । जसमा २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र सहभागी छन् । गत ९ देखि २० वैशाखसम्म देशभर एकसाथ २ हजार परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

 

एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार